
१३ मंसिर, जनकपुरधाम । विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मधेश भवनमा आयोजित दिवा भोजमा सहभागी हुँदै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नेछिन् । पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री पदमा अर्यालसमेत जनकपुरधाम आएका छन् ।