६ मंसिर, काठमाडौं । कृष्णबहादुर महराले दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ ।
जिल्ला अदालतको आदेशविरुद्ध महराले आज उच्च अदालत पाटनमा दर्ता गरेका थिए । उक्त निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो ।