२८ कात्तिक, पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ ।
कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति हमिदलाई फेवातालमा सयर गराइएको हो । फेवा तालमा डुंगा सयर गराएपछि उनलाई सराङकोट डाँडामा पनि लगिने भएको छ ।