१२ श्रावण २०८१, शनिबार

कविता लेख्ने शैलीमा परिवर्तन, ब्रह्मले देखेको कुरा समेट्न सुझाव


Nepalpatra

२९ वैशाख, काठमाण्डाै । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकलपति विष्णुविभु घिमिरेले चार दशकअघि र हाल कविता लेख्ने शैलीमा निकै परिवर्तन आएको बताउनभएको छ ।

स्रष्टा प्रतिष्ठान नेपालको पाँचौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कविगोष्ठीमा उहाँले साहित्यले समाज परिवर्तनमा प्रमुख भूमिका राख्ने भएकाले कविता लेख्दा उत्कृष्ट तथा पाठकलाई आकर्षित हुने खालको कविता लेख्न सुझाव दिनभयो ।

साहित्यकार वैरागी काइँला, प्राज्ञ ज्ञानु पाण्डे र प्रतिष्ठानका अध्यक्ष अम्बिका श्रेष्ठले कविले आफ्नो ब्रह्मले देखेको कुरा कवितामा ढाल्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा २० कविले कविता वाचन गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !