२६ बैशाख, काँकडभिट्टा । पूर्वाञ्चलमै पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ ।
सङ्गीत क्षेत्रमा रुची भएका व्यक्तिहरुलाई ध्यानमा राखेर मेचीनगर–६ स्थित काँकडभिट्टामा आजदेखि सो हल सञ्चालनमा ल्याइएको हो ।
हलमा सङ्गीतमा रुची भएका व्यक्ति तथा समूहले सङ्गीतको अभ्यास गर्न पाउनेछन् । यस वापत प्रतिघण्टा ४ सय रुपैयाँ शुल्क तिर्नु पर्ने हलका सञ्चालक अर्जुन दाहालले बताउनुभयो ।
सञ्चालक दाहालले पूर्वाञ्चलमा साङ्गीतिक क्षेत्रमा काम गर्ने धेरै भए पनि अहिलेसम्म हल नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार काँकडभिट्टामा सञ्चालनमा ल्याइएको यो हल पूर्वाञ्चलमै पहिलो हो । (रासस)