हेटौंडा, २५ बैशाख । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा मंगलबार मनहरी गाउँपालिका ३ मिलडाँडा कालिदमारमा खानेपानीको मोटर सहयोग गर्नुभएको छ ।
नेता बानियाँले मनहरी गाउँपालिका ३ मिलडाँडा कालिदमारको ४५ घरधुरीका २ सय जना भन्दा बढीले खानेपानीको लागि सहज होस् भनेर १ लाख १ हजार ५ सय १० रुपियाँको ३ एचपिको डेढ ईन्च पानी जाने र १ सय ३६ मिटर माथिसम्म पानी फाल्ने मोटर, प्यानलबोर्ड लगायतका फिटिङ समानहरु खरिद गरेर कालिदमार–मिलडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुरज कार्कीलाई दिनुभएको हो ।
पिउने पानीको लागि कालिदमारका बासिन्दाहरुले पिउने पानी लिनकै लागि आधा घण्टासम्म हिडेर मसिने खोलासम्म जानुपर्ने बाध्यता देखेर आफूले मोटर उपलब्ध गराएको काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता बानियाँले बताउनुभएको छ ।
खानेपानीको लागि दुःख पाईरहेकाहरुको लागि नेता बानियाँले मोटर किनेर सहयोग गरिदिनुभएकोमा उपभोक्ता समितिका अध्यक्ष कार्कीले धन्यवाद व्यक्त गर्नुभएको छ ।
स्रोत : हेटौडा टाईम्स