१२ आश्विन २०८१, शनिबार

युवा बेच्न वन्द गर : राष्ट्रवादी केन्द्र नेपाल


rashta

१५ वैशाख, काठमाण्डौ । राष्ट्रवादी केन्द्र नेपालले  भृकुटिमण्डपदेखि शान्तिवाटिकासम्म वृहत र्‍याली सम्पन्न गरेेेेकाे छ ।

सम्पूर्ण युवालाई रोजगार न्यूनतम मासिक तलव तिस हजार ग्यारेन्टी गर, शिक्षा, स्वास्थ्य निशुल्क गर, बन्द उधोग संचालन गर, युवा बेच्न वन्द गर, व्यवसायी लगानीको सुरक्षा गर जस्ता मूल नारा सहित भृकुटिमण्डप वाट सुरु भएर भद्रकाली,जमल हुदै शान्तिवाटिका पुगेर कोण सभा गरी उक्त र्‍याली सम्पन्न भएको हो ।

राष्ट्रवादी केन्द्र नेपालले बेरोजगार वर्गको मुक्ति भनेको नै राष्ट्रिय मुक्ति हो भन्ने मुल विचार सहित विगत २ वर्षदेखि निरन्तर सबै नेपाली नै हुन आग्रह गर्दै राष्ट्रिय झण्डामुनि रहेर बौद्धिक संघर्ष गर्दै आइरहेको राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापा सागरले बताए ।
२
पछिल्लो समयमा आम युवाहरु रोजगारको लागि पराइ भूमिमा पसिना बगाउन पर्ने भएको हुनाले अब नेपालीलाई स्वदेशमै रोजगारको ग्यारेन्टी गर्न र ११० ओटा देशहरुसँग गरिएको वैदेशिक श्रम सम्झौता खारेज गरी वेराेजगार वर्गलाई स्वदेशमै रोजगार दिन सरकारलाई दवाब दिदै राष्ट्रवादी केन्द्र नेपालले नेपाली झण्डा सहित वृहत र्‍याली आयोजना गरिएको अध्यक्ष सागरले बताए ।

उक्त वृहत र्‍यालीमा हजारौ मानिसहरुको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !