२१ असार २०८१, शुक्रबार

प्रदेश ७ मा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न


Awareness

१३ वैशाख, धनगढी । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको आयोजनामा प्रदेश नं.–७ को धनगढीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको हो । बुधबार प्रदेशका अर्थमन्त्री झपटबहादुर बोहराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा माननीय अर्थमन्त्री बोहराले आफ्नो प्रदेशले स्थानीय ऋणपत्र जारी गर्ने गृहकार्य गरिरहेको जानकारी दिए । उनले धितोपत्र दलालको संख्या थप्नुपर्ने, अनलाइन कारोबार प्रणाली छिट्टै ल्याउनुपर्ने सुझाव दिए । कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले समसामयिक गतिविधिमाथि प्रकाश पारेका थिए ।

यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणाली विकासको कार्य धेरै अगाडि बढीसकेकोले निकट भविष्यमै कार्यान्वयनमा आउने जानकारी दिए । अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएपछि बजारको पहुँच विस्तार हुनेमा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका तर्फबाट कार्यकारी निदेर्शक निरज गिरि, नेप्सेका तर्फबाट अधिकृत प्रकाशबहादुर देउवा र सिडिएस एन्ड क्लियरिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !