१२ श्रावण २०८१, शनिबार

आइजिपी खनालले भने, ‘अपराधीसँगै मिल्ने प्रहरी संगठनकै किरा हो’


शैलेन्द्र खनाल

१३ वैशाख, चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको समते जानकारी दिए ।

खनालले अपराध नियन्त्रणका लागि काम नगरी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको समेत बताए । उनले भने,’प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन ।

संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनुपर्छ ।’ उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारबाही गरिने बताए ।

प्रहरीको दरबन्दी कम रहेको भन्दै मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए। आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम सुरु गरिसकेको समेत उनको जिकिर थियो । संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उनले ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !