२१ असार २०८१, शुक्रबार

वोमीले निकाल्यो लोभलाग्दो प्रगति, नाफामा ८८ % को छलाङ


Womi

१० वैशाख, काठमाण्डौ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणले वोमी माफक्रोफाइनान्सको प्रगति आक्रामक देखाएको छ । गत वर्षको सोही अवधिका तुलनामा करीव ८९ प्रतिशत थप नाफा आर्जन गरेको सोमबार प्रकाशित तस्रो त्रैमासको वित्तीय विवरणले देखाएको छ ।

समीक्षा अवधिसम्ममा माइक्रोफाइनान्सले २९ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन  गरेको छ । यो गत वर्षको सोही ववधिका तुलनामा  ८८ दशमलव ८ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिसम्म माइक्रोफाइनान्सले १ करोड ५६ लाख ३० हजार रुपैया खुद मुनाफा आर्जन गरेको थियो  ।

त्रेस्रो त्रैमासिक अवधिमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो  ।  बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुवै सूचकमा उल्लेख्य वृद्धि भएका कारण नाफा पनि आक्रामक देखिएको हो । समीक्षा अवधिमा वोमील ५ करोड ९४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको हो । यो गत वर्षको भन्दा १ करोड ६० लाख १० हजार रुपैयाँ अर्थात् ३७ प्रतिशकतले बढी हो ।

यसैगरी बैंकको सञ्चालन मुनाफामा समेत व्यापक सुधार आएको देखिएको छ । समीक्षा अवधिमा वोमीले ८ करोड करोड ९७ लाख ४३ हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत वर्षको यही अवधिसम्ममा ५ करोड २७ लाख ६२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

वोमीले निक्षेप र कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार गरेको छ । तेस्रो त्रैमासको अन्तसम्ममा उसको निक्षेप ४० करोड २७ लाख ७१ छ भने १ अर्ब १५ करोड ४३ लाख ३४ हजार कर्जा प्रवाह गरेको छ । गतवर्षको सोही अवधिमा उसको कर्जा प्रवाह ५९ करोड ४९ लाख मात्र रहेको थियो ।

पहिलो र दोस्रो त्रैमासभन्दा प्रतिशेयर आम्दानी वृद्धि गर्दैैं लगेको बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव ६९ रुपैयाँ काययम हुन आएको छ । यसैगरी प्रतिशेयर नेटवर्थ १ सय ५६ दशमलव ३३ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११ दशमलव ९३ रहेको छ ।

७ करोड ७७ लाख ६० हजार चुक्ता पुँजी पु¥याएको माइक्राफाइनान्सको सोही रकम बराबरको जगेडा कोष समेत छ ।  बैंक तथा वित्तीय संस्थामा चुक्ता पूजी बराबर जगेडा कोष हुनु अत्यन्त सकारात्मक पक्ष हो । यसको अर्थ प्रतिशेयर आम्दानी बराबर बोनस दिन सक्ने वित्तीय संस्थाको क्षमता हो भनेर विश्लेषण गर्ने गरिएको छ ।  प्रतिशेयर आम्दानी पनि ५० दशमलव ६ रुपैयाँ कायम गरेको माइक्रोको प्रतिशेयर नेटवर्थ १ सय ७० दशमलव ४१ रुपैयाँ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !