१९ असार २०८१, बुधबार

सिद्धार्थ बैंकको नाफा २८ प्रतिशतले बढ्यो


siddhartha-bank-ads-march16

८ वैशाख, काठमाण्डौ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म सिद्धार्थ बैंकको नाफा २८ प्रतिशतले बढेको छ ।

बैंकले आज प्रकाशन गरेका तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार बैंकका खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको यही अविधको भन्दा २८ दशमलव ०२ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ९५ करोड ७० लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीका साथै सञ्चालन मुनाफा समेत बढेकाले नाफा वृद्धि गर्न सफल भएको हो । यस अवधिमा बैंकले २ अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा करीव ३४ करोड रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले १ अर्ब ८६  करोड रुपैयाँ व्याज आम्दानी गरेको थियो ।

यसैगरी बैंकको सञ्चालन मुनाफामा समेत सुधार आएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा ३४ करोडले बढी हो । गत वर्षको यही अवधि सम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

गत वर्षका तुलना यस वर्ष बैंकको प्रतिशेयर आम्दानी भने कम भएको छ । कम्पनीको चुक्ता पूँजी वृद्धि भएका कारण प्रतिशेयर आम्दानी कम भएको हो । गत वर्ष २४ दशमलव ३० रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस वर्ष २० दशमलव ३९ रुपैयाँमा झरेको छ ।

यस अवधिमा कम्पनीले कर्जा प्रवाहमा समेत विस्तार गरेको प्रतिवेदनले देखाएको छ । समीक्षा अवधिसम्ममा बैंकले ७९ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यही अवधिसम्ममा बैंकले ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको थियो ।

बैंकले खराब कर्जा अुनपात भने कम गर्दै लगेर १ दशमलव ३१ प्रतिशतमा कायम गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ४४ दशमलव ९५ रुपैया कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !