१३ आश्विन २०८१, आइतबार

सिर्जना सम्वादमा कृष्णचन्द्रसिंहका निवन्धमाथि अन्तरक्रिया सम्पन्न


Sirjana-Sambad-news-pic

७ वैशाख, काठमाण्डौ ।  काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपको आयोजनामा  हुँदै आएको सिर्जना सम्वादमा विहिबार बरिष्ठ निवन्धकार कृष्णचन्द्रसिंह प्रधानको कृति कृष्णचन्द्रसिंहका निवन्ध माथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिकरुपमा संचालित कार्यक्रमका प्रमुख अतिथि साहित्यकार चित्तरञ्जन नेपालीले निवन्धकार प्रधानसंग आफ्नो साठी वर्ष लामो संगत रहेको बताउँदै केही रोचक स्मृतिहरु सुनाए ।

निवन्धकार प्रधानले आफ्ना नयाँ निवन्धहरु पढेर भूमिका लेख्नका लागि आफूलाई पाण्डुलिपि जिम्मा लगाएको, तर त्यसको केही दिनपछि नै प्रधानको निधन भएकोले उक्त निवन्ध संग्रह प्रकाशन हुन नसकेको कृतिका सम्पादक प्राडा भट्टराईले बताए । पछि हरि गौतमसंग सम्पर्क गरि यो पुस्तक प्रकाशन गरिएको प्राडा भट्टराईले उल्लेख गरे ।

कार्यक्रममा डा. तुलसी भट्टराई, शरतचन्द्र वस्ती, ज्ञाननिष्ठ ज्ञवाली, चन्द्रमान बज्राचार्य, सनत रेग्मी, प्राडा सनतकुमार वस्ती, श्रीओम श्रेष्ठ रोदन, तिर्थराज वन्तलगायतले बोलेका थिए ।
यस नविनतम संग्रहमा १६ वटा निवन्ध सङ्गृहित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !