१९ असार २०८१, बुधबार

हिमालयन बैंक र आईएफसीबीच सम्झौता


Himalayan Bank

२ वैशाख, काठमाण्डौ । हिमालयन बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)बीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र आईएफसीका आवासीय प्रतिनिधि एम रेहान रसिदले हस्ताक्षर गर्नु भएको छ ।

उक्त सम्झौताअनुसार आईएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उद्देश्य हो । हिमालयन बैंकले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !