१२ श्रावण २०८१, शनिबार

सुर्खेतमा एकै परिवारका चार जनाको मृत्यु


शव फेला

सुर्खेत । सुर्खेतमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !