१२ आश्विन २०८१, शनिबार

स्टक एक्सचेन्जकाे धरानमा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न


२९ चैत, धरान । नेपाल स्टक एक्सचेन्ज तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकाे अायाेजना र एबिसि सेक्युरेटिज प्रा. लि. धरान शाखाकाे सहअायाेजनामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका सञ्चालक तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले दाेस्राे बजारमा प्रवेश र लगानी गर्दा लगानीकर्ताले अध्ययन गरेर मात्र कम्पनी छनाैट र लगानी गर्नुपर्नेमा जाेड दिनुभयाे।

नेपाल स्टक एक्सचेन्ज लि. का अधिकृत भेषराज खनालले स्टक एक्सचेन्जकाे ईतिहास र वर्तमान अवस्थाकाे बारेमा जानकारी गराउनुभएकाे छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सिइअाे देवप्रकाश गुप्ताले डिम्याट, सि-अास्वा र मेराे सेयरका फाइदाकाे बारेमा प्रकाश पार्दै यसमा अभ्यस्त हुने उपायकाे जानकारी दिनुभएकाे छ ।


साथै नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदले नेप्सेकाे कार्य र भावी याेजनाकाे बारेमा प्रकाश पार्नुभएकाे छ ।

७५ जना लगानीकर्ता उपस्थित उक्त कार्यक्रमकाे संचालन एबिसि सेक्युरेटिज प्रा. लि. धरान शाखाका अारडब्लुएस इन्चार्ज याेगेश कुमार अग्रवालले गर्नुभएकाे थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !