१३ आश्विन २०८१, आइतबार

कुटाकुट गर्ने आर्मीका खेलाडी मैदान गएनन्, सुदूरपश्चिम ११ लाई उपाधि


फुटबल

१९ चैत, धनुषा । सर्लाहीको बागमतीमा भएको राजर्षी जनक कप फुटबलको उपाधि सुदूरपश्चिम ११ लाई दिइएको छ ।

शनिबार खेलको २२ औं मिनेटसम्म २–१ ले पछि परेपछि आर्मीका खेलाडीले सुदूरपश्चिमका खेलाडीलाई कुटेपछि खेल स्थगित भएको थियो । शनिबार तनाव भए पनि आइतबार २४ औं मिनेटदेखि खेल फेरि सुरु गर्ने आयोजक वाग्मती युवा क्लबले जनाएको थियो । तर आइतबार आर्मीका खेलाडी प्रतियोगिता बहिष्कार गर्दै मैदानमै नगएपछि आयोजकले सुदूरपश्चिमलाई उपाधि दिएको हो ।

प्रतियोगिता बहिष्कार गरेको आर्मीले दोस्रो भएको पुरस्कार पनि पाएन भने ३० हजार रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

आयोजकले अनुशासन उल्लंघन गरेको भन्दै आर्मीलाई ३० हजार जरिवाना तिराउने र आउँदा प्रतियोगितामा आर्मीलाई समावेश नगर्ने निर्णय पनि गरेको छ ।

उपाधिसँगै सुदूरपश्चिम ११ ले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !