१३ आश्विन २०८१, आइतबार

रिपोर्टर्स क्लब सबैको साझाफोरम हो : अध्यक्ष डा. लोहनी


Dr. Lohani

१८ चैत, काठमाण्डौ । एकीकृत राप्रपा (राष्ट्रवादी) काअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले सबै पक्षलाई सम्मानपूर्वक फोरम दिएको भन्दै खुलेरै प्रशंसा गरेका छन् ।

शनिबार काठमाण्डौको राष्ट्रिसभा गृहमाआयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवएवम् पुरस्कार वितरण समारोह–२०७४ माबोल्दै अध्यक्षलोहनीले यस्तो बताएकाहुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा लोहनीले शुभकामना व्यक्तगर्दै भने,“क्लब र यसका परिवारलाई धन्यवाद दिन चाहन्छु, तपाईहरुको यो २० वर्षदेखि चलिरहेको अभियान आगामी दिनमा पनि सफल होस् भनेर शुभकामना व्यक्त गर्न चाहन्छु।”

क्लबले सबै पक्षलाई कुनै भेदभाव नगरीकन आफ्ना भावनाहरु जनतासमक्ष पुर्याउन एउटा माध्यमको रुपमा विगतदुई दशकदेखि प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उनको भनाई थियो । उनले थपे,“यो यसको महत्वपूर्ण योगदान हो । यो पक्षवा उ पक्ष नभनी, धमलाजीले फोरम प्रदान गर्नुभएको छ, यसको लागि पनि म धन्यवाद दिन्छु । यसले जनता र सरकार (शासक) हरुबीचे सेतुको काम गरेको छ ।”

लोहनीका अनुसार जस्तोसुकै समस्या लिएर आए पनि क्लबले आफ्ना धारणाहरु राख्नदिएको छ ।उनले भने,“आफ्नो धारणा जनतासामू पुर्याउन क्लबको भूमिका सशक्त छ । क्लब यही भुमिकामा देखापरेको छ । क्लबको यो परम्परा निरन्तरताहोस् ।”

पत्रकारितामा कतिपय कमजोरीहरु भएपनि नेपालबाट अरु देशले पनि सिक्न सक्ने उनको भनाई थियो । उनले भने,“नेपालको पत्रकारिता जगतमा पक्ष वा विपक्ष लागेर ध्रुविकृत गर्ने चिन्तन देखिएको छैन् । विकसित देशहरुमा बरु के देखिएको छ, एउटा दृष्टिकोणको टेलिभिजन छ भने हेर्दै नहेर्ने, उदारवादी दृष्टिकोण राख्नेले कन्जर्भे्टिभ टिभी हेर्ने गरिँदैन्, एउटा पक्षको विचार अर्को पक्षले क्यारी गरिँदैन् ।”

नेपालको पत्रकार जगत पक्षपातीय दृष्टिकोण्बाट अघि नबढेको भन्दै उनले यो खुशीको कुरा भएको बताए । उनले थपे,“यो राम्रो पक्ष हो । यसले बरु विकासको पथमा अघि बढ्ने परम्परा प्रदान गरोस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !