१३ आश्विन २०८१, आइतबार

एन्फाको चुनाव कसैले रोक्न सक्दैन : शेर्पा


१६ चैत, काठमाण्डाै । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका उम्मेदवार कर्मा छिरिङ शेर्पाले दुई जिल्लाको विवाद समाधान भएकाले केन्द्रीय निर्वाचन गर्न कुनै अड्चन नरहेको बताउनु भएको छ ।

एन्फाको चैत १४ गते हुनुपर्ने निर्वाचन सरेपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै परिवर्तन पक्षधरका नेतासमेत रहेका कर्माले भक्तपुर र मकवानपुर जिल्लाको विवाद समाधान भएसँगै एन्फाको केन्द्रीय निर्वाचन कसैले रोक्न नसक्ने बताउनुभयो ।

आफूहरु चुनावी प्रक्रियाबाट वञ्चित भएको भन्दै भक्तपुर र मकवानपुरले पाटन उच्च अदालतमा मुद्दा दायर गरेपछि एन्फाको निर्वाचन स्थगित भएको थियो । विवाद समाधान भएसँगै एन्फाले मकवानपुरमा चैत २३ र भक्तपुरमा चैत २७ गते निर्वाचन मिति घोषणा गरिसकेको छ ।

१४ गते चुनाव गर्न नसकिए पनि साधारणसभा गरेर चुनावबाहेकका बाँकी काम सम्पन्न गर्न आफूले भने पनि एन्फा नेतृत्वले नमानेको गुनासो कर्माको छ ।

कर्माले वैशाख ९ गते एन्फाको निर्वाचन गर्न माग पनि गर्नुभयो । ‘एन्फाको विधान अनुसार ४ वर्ष ६ महिनासम्म पनि चुनाव नभएको अवस्थामा स्वतः अबैधानिक हुने प्रावधान छ, त्यसबाट जोगिन पनि वैशाख ६ गतेको आसपासमा निर्वाचन सम्पन्न गरिसक्नुपर्छ ।’

‘उच्च अदालतको निर्णय आएपछि एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, एएफसीका प्रतिनिधिसँग बसेर छलफल भएको थियो, निर्वाचन छिटोभन्दा छिटो गर्न र मिति तोक्न भनेका थियौँ जसमा मौखिक सहमति भएको छ ।’ कर्माले भन्नुभयो ।

एएफसी प्रतिनिधिसँगको बैठकमा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि दुवै जिल्लाको निर्वाचन सकिएको २ साताभित्रै केन्द्रको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !