१३ आश्विन २०८१, आइतबार

खुमबहादुर खड्काको स्वास्थ्य लाभको कामना गर्दै पुजापाठ 


११ चैत, दाङ । दाङमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थलाभको कामना गर्दै रुद्रीपुजा गरिएको छ । नेपाल विद्यार्थी संघको सक्रियतामा सिद्वेश्वरी (कालिका) मन्दिरमा ५ जना पण्डीतले जपपाठ, ग्रहशान्ति र रुद्री पाठ गरेका छन् ।

युवा बिद्यार्थीहरु भने पुजाको कर्ता भएका छन् । दिल्लीको एपोलो अस्पतालमा उपचारार्थ भर्ना भएका नेता खड्काको स्वास्थ्य लाभको कामनाका लागि मन्दिरमा रुद्री पुजा गरिएको संघका क्षेत्रीय अध्यक्ष एकराज खड्काले बताए ।

हिन्दु धर्मको रक्षाका लागि अभियान सञ्चालन गरेका कांग्रेस नेता खड्काको स्वास्थ्य लाभको कामना लागि पुजा अर्चानाका कार्यक्रम दाङमा दिनहुँ हुने गरेका बिद्यार्थी नेता अनील कार्कीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !