१३ आश्विन २०८१, आइतबार

युनिभर्सिटी कप क्रिकेटको उपाधि टियुलाई


३ चैत, काठमाण्डाै । युनिभर्सिटी कप क्रिकेटको दोस्रो संस्करणको उपाधि टियुले जितेको छ । फाइनलमा डिएभी कलेजलाई ६ विकेटले हराउँदै टियु च्याम्पियन बनेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ४१ रन बनायो ।

उसका लागि सुधीर चौधरीले ६४ तथा सन्तोष पौडेलले ३५ रन बनाए । यस्तै सञ्जय बस्नेत १३ र विवेक रानामगरले १२ रनको योगदान गरे ।

४७ रन हुदा दुई विकेट गुमाएको डिएभीका लागि सुधीर र सन्तोषले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए । बलिङमा डिएभीका इसान पाण्डेले तीन विकेट लिए ।

जवाफमा टियूले १९ ओभर ३ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा रविन जोशीले ७१ तथा इसान पाण्डेले ५७ रन बनाए ।

दरिलो सुरुवात गरेको टियूले पहिलो विकेटका लागि एक सय २७ रनको साझेदारी गरेको थियो । बलिङ तर्फ डिएभीका नन्दन यादवले २ विकेट लिए ।

म्यान अफ द सिरीज बनेका इसान पाण्डेले नगद रू २५ हजार हात पारे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान डिएभीका आदिल खान, उत्कृष्ट बलर टियूका सागर ढकाल र
इमर्जिङ खेलाडी महेश खत्री बनेका छन् ।

प्रतियोगिताको विजेता टियूले दुई लाख रुपैयाँ तथा उपविजेता डिएभीले एक लाख रुपैयाँ हात पार्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !