१२ असार २०८१, बुधबार

उन्नति माइक्रोफाइनान्सले २५ % हकप्रद सेयर निश्कासन गर्ने


Right share

३० फागुन, काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको छ ।

कम्पनीको फागुन २९ गते बसेको १०२ औं बोर्ड बैठकले हाल कायम चुक्तापूँजीको २५ प्रतिशतको हिसाबले हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको हो ।

Unnati Microfinance

यो प्रस्ताव नियामक नेपाल राष्टबैंक र कम्पनीको साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी बढेर ६ करोड ८७ लाख ५० हजारको उचाईमा पुुग्नेछ ।

यसैबीच, यो माइक्रोफाइनान्सको सोही बोर्ड बैठकले आगामी चैत २१ गते आह्वान भएको तेश्रो वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ७ गते एक दिन बुक क्लोजको मिति तोकेको छ ।

यसको अर्थ चैत ६ गतेसम्म यो कम्पनीको सेयरधनी कायम हुनेले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !