१६ असार २०८१, आइतबार

प्रधानमन्त्री ओली र बंगलादेशका उड्डयन मन्त्रीवीच भेट


oli and Bangaladeshi_Minister

३० फागुन, काठमाण्डौ । बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बंगलादेशका मन्त्री कमाल विमान दुर्घटनापछि घटनाको विवरण बुझ्न नेपाल आएका हुन् ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभुति प्रकट गरे । उनले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै आयोगको प्रतिवेदन आएपछि सत्यतथ्य बाहिर आउने बताए ।

बंगलादेशका मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्दार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरे । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !