२ मंसिर २०८१, आइतबार

आज डा. केसी र कान्तिपुरको मुद्दा इजलासमा सुनुवाइ हुँदै


सर्वोच्च अदालत

२७ फागुन, काठमाण्डौ । डा. गोविन्द केसी र कान्तिपुरले अदालतको अवहेलना गरेको भन्दै परेका मुद्दाको आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश गोपाल पराजुलीले दुबै मुद्दामा सुनुवाइ गर्न आफ्नै नेतृत्वमा ७ सदस्यीय पूर्ण इजलास तोकेका छन् ।

पूर्ण इजलासमा पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे सारदाप्रसाद घिमिरे, तेजबहादुर केसी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !