१२ असार २०८१, बुधबार

नेपालमा पहिलोपटक सिईओ अफ् दि इयर घोषणा हुँदै


CEO summit

२२ फागुन, काठमाण्डौ । अर्थ तथा व्यवसाय जगतमा कृयाशील तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सम्मानका लागि नेपालमा नै पहिलो पटक एक भव्य समारोहकाबीच सिईओ अफ् दि इयर अर्वाड प्रदान गर्न लागिएको हो ।

काठमाडौंको सोल्टी होटलमा आयोजना गरिने नेपाल सिइओ समिट तथा अर्वाड कार्यक्रममा नेपालमा कृयाशील सरकारी तथा निजी अर्थ तथा व्यवसाय क्षेत्रका ६ जना व्यक्तिलाई अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।

सिईओ अफ् दि इयर, सिईओ अफ दि इयर योंग, सिईओ अफ् दि इयर फिमेल, पपुलर सिईओ अफ् दि इयर, सिईओ अफ् दि इयर एस.एम.इ. र सिईओ अफ् दि इयर पब्लिक सेक्टर विधामा दिन लागिएको अवार्डको हाल छनौट तथा रिर्सच कार्य भैरहेको इभेन्ट संयोजक भावुक आचार्यले जानकारी दिनुभएको छ ।

फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा पहिलो पटक १७ देशका झण्डै ३ सय जना सिइओ तथा बिजनेस लिडरहरुको सहभागितामा कार्यक्रम हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !