५ जेष्ठ २०८१, शनिबार

नयाँ शक्ति नेपालको १७ सदस्यीय सचिवालय गठन


nayashakti

२१ फागुन, काठमाण्डौ । वैकल्पिक राजनीतिलाई बलियो बनाउने संकल्पका साथ नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकका महत्वपूर्ण निर्णयहरु आज प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरेको छ ।

बैठकले निम्न बमोजिम १७ सदस्यीय सचिवालय गठन गरेको छ ।

सचिवालय सदस्यहरुमा डा. बाबुराम भट्टराई, कल्पना धमला, केशव दाहाल, कृष्णकुमार चौधरी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, डा. केशवमान शाक्य रहेका छन् ।

त्यस्तै दुर्गा सोव, देवीप्रसाद ओझा, नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती, रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर, हिसिला यमी र संरक्षक परिषद्को संयोजक रहको सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग प्रमुख विश्वदीप पाण्डेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !