१२ असार २०८१, बुधबार

रेशम चौधरी कारागार भित्रै अनशनमा


Resam-Chaudhary

२१ फागुन, धनगढी । टिकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना बन्दी कारागारभित्रै अनशनमा बसेका छन् । चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै आईतबार साँझदेखि अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिएका छन् ।

चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसद हुन् ।

उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निवार्चित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताए ।

अनशनमा बसेका सबै बन्दी टीकापुर घटनाका आरोपित हुन् ।

घटना भएको झण्डै ३० महिनापछि गएको १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !