५ जेष्ठ २०८१, शनिबार

उपत्यकामा २ सय ६४ सवारी साधन प्रहरी नियन्त्रण


traffic-checking

१७ फागुन, काठमाण्डाै । होलीको बहनामा ट्राफिक नियम विपरित सवारी साधन चलाएका २ सय ६४ सवारी साधानलार्इ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यका भित्रका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाण्डाैबाट सवारी साधान नियन्त्रणमा लिएको महाशाखाले जानकारी दिएकाे छ ।

प्रहरीले नियन्त्रणमा लिएका मध्ये ११ वटा कागजपत्र नबोकी सवारी चलाएको, १८ वटा हेल्मेट नलगाई सवारी चलाएको, २ वटा मापसे गरी चलाएको, २९ वटा क्षमताभन्दा बढी यात्रु बोकेको कारण नियन्त्रणमा लिएकाे छ ।

बाँकी सवारी साधनलार्इ समेत ट्राफिक नियम उल्लंघन गरेका कारण नियन्त्रणमा लिएको महाशाखाले जानकारी दिएकाे छ ।
तीब्र गतिमा सवारी चलाउदा पाँच स्थानमा सवारी दुर्घटना भएको र ती दुर्घटनामा एक जना व्यक्ति सामान्य घाइते भएका छन् ।

होलीमा हुने दुर्घटना नियन्त्रण गर्ने प्रहरीले बिहिवार दिनभर मापसे चेकिङ गरेकाे थियाे ।

ट्राफिक महाशाखाले होलीमा हुने सवारी दुर्घटना नियन्त्रण गर्ने उपत्यकाभित्र ६९ स्थानमा चेक प्वाइट राखेको र १३ वटा मोबाइल टोली परिचालन थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !