५ जेष्ठ २०८१, शनिबार

बिहानैवाट होली पर्व मनाइदै


१७ फागुन, काठमाण्डाै । आज अर्थात बिहिबार होली पर्व नेपालमा बिभिन्न ठाँउहरुमा धुमधामको साथ मनाइदैछ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा अर्थात होली पहाडी भेगमा बिहिबार र तराइ भेगमा शुक्रबार भव्यताका साथ मनाइँदैछ ।

बिशेष महत्वका साथ मनाइने होली पर्व नेपालमा पनि विभिन्न क्षेत्रका हिन्दू धर्मावलम्बी लगाएत बिभिन्न संस्कृतिसँग सम्बन्धित मानिसहरुले एक आपसमा माया तथा सद्भाव साटासाट गरी मनाउँदैछन् । सम्बन्ध निर्माण गर्न परम्पराको रुपमा मनाइने होली पर्वमा आफन्त तथा साथीभाईबीच एक आपसमा माया साटासाट गर्दै बिभिन्न प्रकारका रंगहरु लगाएर मनाउने परम्परा रही आएको छ । होली निस्सन्देह वर्षमा आपसी रिस, राग र द्वेषलाई समाप्त पार्दै एक–अर्कोसँग अङ्कमाल गरी विभिन्न रंगको पर्व होलीमा रंग,अबिर लगाई सद्भावको साटासाट गर्ने परम्परा रहेको छ ।

त्यस्तै वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउँछन् ।

नेपालमा होली पर्व दुई दिनसम्म महत्त्वका साथ मनाउने गरिन्छ । पहाडी जिल्लामा अाज र तराईमा भोलि यो पर्व धुमधामका साथ मनाइन्छ । होलीलाई तराई–मधेसमा फगुवा भन्ने गरिन्छ । आफन्त, इष्टमित्र, साथीभाइबीच अबिरको टीका लगाएर एक–अर्काबीच सुखद पलहरू साटासाटा गर्ने र वर्षैभरि शुभ होस् भनी शुभकामनाका शब्दहरू आदानप्रदान गर्ने दिनका रूपमा चिनिने यस पर्वको विशिष्ट महत्त्व र सन्देश रहेको छ ।

तर, केही समययता होलीपर्व विकृतिका रूपमा देखापरेको छ । होली पर्वमा एकातिर महिलाको संवेदनशील अङ्ग छुने, अभद्र व्यवहार गर्ने गरिएको छ भने अर्कोतर्फ जथाभावी लोला हान्ने, मोसो दल्ने, रंग छ्यापिदिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा पनि यसलाई प्रयोग गर्ने जमात बढ्दै गएको छ ।

पर्वकै अवसरमा राजधानीको वसन्तपुरमा गतसाता ठड्याएको चीर भने बिहीबार टुँडिखेलमा दाह गरिने कार्यक्रम पनि रहेको छ । चीर दाह गरेपछि मुलुकभर एक सातादेखि एक–आपसमा मैत्री एवं सद्भावपूर्वक अबिर र रंगले छयापी हर्षोल्लासका साथ मनाउँदै आएको होली पर्व समाप्त हुने परम्परा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !