१२ असार २०८१, बुधबार

पर्सा राष्ट्रिय निकुञ्ज स्थितको चित्रसेनकली आमा बनिन्


elephent

१३ माघ, सिमरा । अमलेखगञ्जको पर्सा राष्ट्रिय निकुञ्जस्थित हात्तीसारका कर्मचारीहरु शनिवार बिहानैदेखि सुत्केरी चित्रसेनकलीको स्याहार सुसार र आहार जुटाउनमा व्यस्त छन् । शनिवार विहान चित्रसेनले स्वस्थ पोथी छावाको जन्म दिएपछि आमा र छोरीको स्याहार सुसारमा व्यस्त भएका हुन् । यति बेला पर्सा राष्ट्रिय निकुन्ज अमलेखगञ्ज हात्तीसारमा मेला लागे जस्तै भएको छ ।

चित्रसेनकली गर्भवती भएको २२ महिना पुरा भई २३ महिना लागे पछि सुत्केरी भएको पनि उनले बताए । २४ महिना वा पछि जन्मिने छावालाई खतरा पनि हुन सक्ने भनी यस अघि चिकित्सकले बताएका थिए । बच्चा जन्माउने बेथा लागेपछि आमाले हात खुट्टा चलाएर छावालाई मार्न पनि सक्ने सम्भावना भएकाले उनीहरु हात्तीको नजिकै टेण्ट टाँगेर केहीदिनदेखी निगरानीमा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !