१२ आश्विन २०८१, शनिबार

बाघ गणना गर्न राखिएका ६७ वटा क्यामेरा हराए 


camera

११ माघ, चितवन । बाघ गणनाका लागि चितवन र पर्सा कम्प्लेक्समा राखिएका ६७ वटा अत्याधुनिक क्यामरा हराएका छन् । बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका अत्याधुनिक स्वचालित क्यामेरा हराएका हुन् ।

हराएका क्यामरामध्ये कतिपय मान्छेले चोरेर लगेको र कतिपय हात्तीले झिकेर फुटाउने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । ‘कतिपयले के रहेछ भनेर लाने गरेको पाइयो,’ अर्यालले भने, ‘केही तस्करले लगेको आशंका छ ।’ निकुञ्जका अनुसार पर्सा क्षेत्रको पहिलो ब्लकमा ३४ वटा क्यामेरा हराएका छन् ।

यस्तै, ब्लकमा २६ र तेस्रो ब्लकमा ७ वटा हराराएका छन् । तीमध्ये २५ वटा हात्तीले फुटाएको र २ वटा बाघले लगेको ‍‍जनाइएको छ । हराएकामध्ये ४० वटा मानिसले लगेको निकुञ्ज कार्यालयले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !