१२ आश्विन २०८१, शनिबार

पुनर्निमाण प्राधिकरणका प्रमुखलाई प्रश्न: घर बनाएर भत्काउने कि भत्काएर बनाउने ?


yubraj bhusal

२२ पुस, पाल्पा  ।  भूकम्पको कारणले गर्दा धेरै नेपाली जनताहरुको  घर क्षति भयो । अहिले पनि जनताहरु बस्न सकेका छैनन् । नयाँ घर बनाएर पुरानो घर भत्काउने की पुरानो भत्काएर नयाँ बनाउने? जनता अन्यौलमा परेका छन्, यसको जवाफ प्राधिकरणले दिनुपर्छ–नागरिक निगरानी समूहमा संयोजक भगवान भण्डारीले पूननिर्माण प्राधिकरणलाई प्रश्न गरे ।

संविधान बनाउनुभन्दा एउटा घर बनाउनु जटील भएको जस्तो विषय नबनाउन उनले राष्ट्रिय पूनर्निमाण प्राधिकरण प्रमुखलाई आग्रह गरे । आज प्राधिकरणले जिल्लामा गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा धेरैले प्रक्रियागत झण्झटिलोले गर्दा जनताले घर बनाउन नसकेको गुनासो गरे । राप्रपाका नेता डुलबहादुर कुँवर भन्छन्, ‘जनतालाई भूकम्पले हल्लायो तर नेता र प्राधिकरणलाई हल्लाएन ।

त्यसैले झण्डै तीन वर्ष पुग्न लाग्दा पनि चिसो र वर्षाको झरिमै पीडितले रात बिताउनु परेको छ ।’ नेपालमा सबैभन्दा काम नभएको यहि प्राधिकरणमा हो । नक्सा कसले बनाउने हो थाहा छैन ।  पीडितको दुःखमा प्रक्रियागत झन्झट थप्ने काममात्र भएको छ ।

राष्ट्रिय पूननिर्माण प्राधिकरण प्रमुख युवराज भुसालले ६० प्रतिशत भूकम्प पीडितहरुलाई वर्षात् अगाडी नै छाप्रोबाट घरमा सार्ने कार्य सम्पन्न हुने बताए । उनी भन्छन्, ‘प्राधिकरण आँफै टालाटुली मिलाएर बनाएको भकुण्डो जस्तो भा को छ । त्यै पनि वर्षात् अगाडी धेरैभन्दा धेरैलाई घरमा सार्ने प्रयत्नमा छौं । यसका लागि २१ हजार डकर्मीलाई तालिम प्रदान गर्दैछौं ।’ उनले भूकम्प पीडितलाई ९० प्रतिशत छुटमा काठ, नक्सापास र ढुङ्गा गिट्टी निशुल्क उपलब्ध गराउने निर्णय भएको बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !