२३ बैशाख २०८१, आइतबार

राष्ट्रपति र प्रधानमन्त्रीवाट तमु ल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त


राष्ट्रपति र प्रधानमन्त्री

१५ पुस, काठमाडौँ l गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पर्वको अवसरका राज्यका विशिष्ट व्यक्तिहरु राष्ट्रपति र प्रधानमन्त्रीले सम्पूर्ण गुरुङ समुदाय एबम देशवासीका नाममा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ।

राष्ट्रपतिबाट शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले तमूल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।तमूल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेका उल्लेख गर्नुभएको छ।

तमु गुरुङ समुदायको यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दै राष्ट्रपतिले यस्ता संस्कृति र चाडपर्वले नेपालको चिनारी विश्वसामु प्रस्तुत हुन मद्दत पुगेको बताउनुभएको छ।

आज दिनुभएको सन्देशमा उहाँले बुहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्रीबाट शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमु गुरुङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको छ।

उहाँले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमङ्ग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। आज दिनुभएको सन्देशमा उहाँले तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइबीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालमा विविध जातजातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउनुभएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !