७ मंसिर २०८१, शुक्रबार

लिम्पियाधुरातर्फ पनि भारतीय सडक


साउन ८, काठमाडौं । भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ । कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए । त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेका भारती दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ । त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ ।

३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ । ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिङकाङसम्मको ट्र्याक खोल्ने (कटिङ) को काम पूरा गरेको छ’, अमर उजाला लेख्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !