sf7df8f}F, ( c;f/M
ljw]os 5nkmn ljwfog Joj:yfkg ;ldltdf k7fOof]; k|:tfj k|:t’t
;+3Lo ;+;b ejg gofF afg]Zj/df dªunaf/ a;]sf] /fli6«o;efsf] a}7sdf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs’df/ e§/fO{ k|ltlnlk clwsf/ -klxnf] ;+zf]wg_ ljw]os @)&^ nfO{ bkmfaf/ 5nkmnsf nflu ljwfog Joj:yfkg ;ldltdf k7fOof]; egL k|:tfj k|:t’t ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;
काठमाडौँ, ९ असार । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त प्रस्ताव गर्नुभएको थियो । राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ पारित गर्ने तयारी गरिए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीबाट हटाइएको जानकारी दिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते बिहान ११ बजे बस्नेछ ।