१२ फाल्गुन २०८२, मंगलबार

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ, ५ असार । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गर्नुभएको थियो । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ ।

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ । प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !