३१ भाद्र २०८१, सोमबार

कारवाही गर्नको लागि पत्रसमेत तयार भएपनि कसले गर्दा जोगिए सरिता गिरी ?


सरिता गिरी

असार १,काठमाडौं । नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएसँगै उक्त विधेयक फिर्ता लिनका लागि सांसद सरिता गिरीले संसद सचिवालयमा विधेयक दर्ता गराएकी थिइन् । सो विधेयक दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलले उक्त विधेयक फिर्ता लिन निर्देशन दिएको थियो ।

समाजवादी पार्टीकी सांसद गिरीलाई पार्टीको सांसदबाट बर्खास्त गर्नु र पार्टीको साधारण सदस्यबाट समेत हटाउने तयारी थियो । संसदीय दलबाट कारवाही पत्रमा प्रमुख सचेतक उमाशंकर अरगरियाले हस्ताक्षर नगरेपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले गोजीमा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !