३१ जेठ, काठमाडौं । कोरोना भाइरसका कारणले गर्दा विदेशमा अलपत्रमा परेका नेपालीहरुलाई विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा सरकारले फेरि घटाएको छ ।
चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै आलोचना भएपछि दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ ।
नयाँ भाडादरअनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । त्यसैगरी दोहाको भाडा ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ ।
साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ । ओमानको भाडा ३६८, बहराइनको ३९२ डलर कायम भएको छ । कुवेतको भाडा ४१०, जोर्डनको भाडा ६७५ र साइप्रसको भाडा ७३० डलर तोकिएको छ ।