२८ जेठ, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कस्तो खालको पसल होटेलहरु खुल्ने भन्ने विषयमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, “प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइनेछ । होटल तथा नाइट क्लबहरु भने खुल्ने छैन ।”