१२ आश्विन २०८१, शनिबार

पर्सामा आज थपिए कोरोनाका ८ जना नयाँ संक्रमित


कोरोना भाइरस

वीरगन्ज, जेठ २६ । पर्सा जिल्लामा आज थप ८ जनामा कोरोना भाइरस (कोभीड-१९) संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित हुनेहरु भारतको हरियाणा, केरला, उत्तर प्रदेशवाट फर्किएका पर्साको जगरनाथपुर गाउँपालिका-६ को सन्ठीस्थित क्वारेन्टाइनमा बसेको नारायणी अस्थायी कोभिड अस्पताल स्रोतले जनाएको छ । उनीहरुलाई गत जेठ १४ मा क्वारेन्टाइनमा राखिएको हो ।

आज संक्रमण पुष्टि हुनेहरु २० वर्ष देखि ५५ वर्ष समूहका ८ जनामध्ये १ जना २५ वर्षीया महिला पनि रहेकी छन् । गत जेठ २३ मा उनीहरको स्वाब संकलन गरिएको थियो । संक्रमितलाई नारायणी अस्थायी कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको भने संक्रमति पुष्टि भएकाहरुका सम्पर्कमा रहेकाहरुको कनट्याक्ट ट्रेसिङ थालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !