३० कार्तिक २०८१, शुक्रबार

घुस लिएको अभियोगमा नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


उजुरी

काठमाडौँ, १९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले सेवाग्राहीको जग्गा कित्ताकाट र नामसारी गर्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भन्दै मतियारको भूमिकामा रहेको राजकुमार अर्यालविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुले मिलेमतोमा रु १७ लाखबराबरको घुस लिएको पाइएको आयोगले जनाएको छ । आयोगले लेखन्दास शर्माविरुद्ध रु १७ लाख, नापी कार्यालय भैरहवाका नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीविरुद्ध रु १२ लाख, नायबसुब्बा पन्थीविरुद्ध रु पाँच लाखबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !