१२ आश्विन २०८१, शनिबार

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या


sharad kumar gauchan

असोज २४, काठमाडौँ | नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरस्थित प्रयागमार्गमा हिजो गोली हानी हत्या भएको छ । गोली प्रहार लगत्तै मिनभवनस्थित सिभिल अस्पतालमा पुरयाइएका गौचनलाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन । डिएसपी रवि पौडेलका अनुसार गौचनको बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो । अस्पतालका चिकित्सकहरुले भने गौचनको अस्पताल नपुरयाउँदै बाटोमा नै मृत्यु भएको बताएका छन् ।

गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए । आफनो निवासबाट ५० मिटरको दुरीमा गौचन माथि गोली प्रहार गरिएको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा सवारी साधनको सिसामा इटा प्रहार गरेका थिए । इटा प्रहार गरेपछि सवारी साधन रोकिएको थियो ।

सवारी साधन रोकिएकै अवस्थामा अर्को आक्रमणकारीले गौचन माथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । मोटरसाइकलमा आएका आक्रमणकारी आक्रमणपछि सोही मोटरसाइकलमा चढेर फरार भएका हुन । घरको गल्लीबाट मूल सडकमा पुग्ने बित्तिकै सो घटना भएको हो । सवारी साधनका चालक भने सुरक्षित छन् । गौचनका दुई छोरी,एक छोरा,श्रीमती र आमा छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !