१२ असार २०८१, बुधबार

दशकौं अघि नै कालापानीमा राज्यको उपस्थिती


जेठ ६, काठमाडौं । २० को दशकदेखि नै दार्चुलाको उत्तरी व्यास क्षेत्र (कालापानी नजिक) मा राज्यको उपस्थिती रहेको पाइएको छ । सीमासम्बन्धी अनुसन्धानकर्ता एवं पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले ५५–५६ वर्ष अघिदेखि दार्चुलाको व्यास क्षेत्रमा सुरक्षा उपस्थिती रहँदै आएको बताए ।

उनले २०२९ माघ ११ मा चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) ले तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई जाहेर गरेको तथ्यसमेत जिल्ला प्रशासन कार्यालयमा आफूले पाएको बताए । छाङ्रु र तिंकरबाट संकटकालका बेला सीमा प्रशासन कार्यालय, सीमा प्रहरी कार्यालय, प्रहरी चौकी, छोटी भन्सार विस्थापित भएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !