१२ असार २०८१, बुधबार

आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता


असोज २, काठमाडौँ । आन्तरिक राजस्व विभागले आफूअन्तर्गत्का कार्यालयहरुमार्फत् बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागअन्तर्गतका ३६ ओटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३–३ ओटा टोली परिचालन गरिएको विभागले जनाएको छ ।

बजार अनुगमन विभागको नियमितकार्य भएको जनाउँदै दसैं, तिहारजस्ता चाडबाडको समयमा बढी कारोबार हुने र सोक्रममा बिलविजक जारी नहुने गुनासो धेरैतिरबाट आउने भएकाले गत वर्षजस्तै यो वर्ष पनि बजार अनुगमनलाई तीव्रता दिइएको विभागले जनाएको हो । भदौ २७ देखि ३० गतेसम्म चार दिनमा २३४ टोलीबाट १९५१ ओटा करदाताको अनुगमन गरी कर कानुन पालना नगर्ने ३०२ करदातालाई जरिवाना तथा अन्य कानुनी कारबाही गरेको विभागले जानकारी दिएको छ ।

विभागले बजारमा बिलविजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा अझ कडारुपमा प्रस्तुत् हुने चेतावनी दिनुका साथै बजार अनुगमनलाई वर्षैभरि निरन्तरता दिने जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !