२२ पुस २०८१, सोमबार

जापान अध्ययनका लागि उपयुक्त गन्तव्य, भाषा पढेर मात्र जान सुझाब


असोज १, पोखरा | जापान अध्ययनका लागि उपयुक्त गन्तव्य भएको पोखरामा आयोजीत एक कार्यक्रमका बक्ताले बताएका छन् । भाषा संघ नेपाल (लान) पोखरा र हाम्रो नेपाल हामी नेपाली जापानले पोखरामा आयोजनामा गरेको जापान अध्ययन अवसर र चुनौती विषयक कार्यक्रमका वक्ताले जापान  उपयुक्त गन्तव्य भएको  भन्दै अनिवार्य रुपमा भाषा पढेर जान सुझाब दिएका हुन् ।

नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. प्रमेश्वर पोखरेलले जापान अध्ययनका लागि उपयुक्त गन्तव्य भएको बताए । जापान मानै पिएचडि गरेका पोखरेलले जापानमा अध्ययनका क्रममा सिकेका सिपलाई नेपालमा आएर प्रयोगमा ल्याउनु पर्ने पर्ने बताए । उनले जापानमा धेरै कुरा सिक्न पाइने बताउदै सिकेका कुरा नेपालमा प्रयोगमा ल्याउन सकेमा देश विकास गर्न सहज हुने बताए ।

कार्यक्रममा हामी नेपाली हाम्रो नेपालका संयोजक धर्म अधिकारीले जापानमा अध्ययनका लागि जादा भाषा अनिवार्य पढेर जान सुझाब दिए । उनले धेरै विद्यार्थीहरु जापानी भाषा पढेर नजादा अप्ठेरोमा पर्ने गरेको बताए । कार्यक्रममा एनआरएन जापानका केन्द्रिय सदस्य हस्त लामाले जापान अध्ययनका लागि उपयुक्त भएको भन्दै विदेशमा पढ्न जाने अवसर समेत भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा जापान जान इच्छुक विद्यार्थी तथा उनका अविभावकलाई जापानमा कसरी लिन सकिन्छ भन्ने बारेमा जानकारी दिएको थियो । इक्यान अध्यक्ष मिलन तिवारी, लानका सल्लाहाकार मिना गुरुङ, मोती श्रेष्ठ, जापानीज नागरिक इरि नाकाचुनो, लान पोखराका अध्यक्ष युवराज खनाल, उपाध्यक्ष युवराज पौडेल र सचिब पुर्ण न्यौपानेले जापानमा शिक्षाका बारेमा अनुभव र जानकारी दिएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !