१४ असार २०८१, शुक्रबार

काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य विजयी


Bidhya sakya

काठमाडौं- काठमाडौंको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनले ६४ हजार ९ सय १३ मत ल्याई विजय भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए।

त्यस्तै महानगरको उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्का निर्वाचित भएकी छन्। उनले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी भएकी हुन्। उनका निकतम प्रतिद्वन्द्वी राजाराम श्रेष्ठले ३४ हजार ८ सय ४५ मत ल्याए।

यसअघि एमालेले पोखरा महानगर र कांग्रेसले ललितपुर महानगरमा विजयी भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !