१२ आश्विन २०८१, शनिबार

अहिलेसम्म एमाले ११७, कांग्रेस १०३ र माओवादी ४६ स्थानमा विजयी


uml congress and maoist

काठमाडौँ : वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम करिव अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म २७ जिल्लाको मत परिणाम आइसकेको छ। बाँकी ७ जिल्लामा मतगणना भइरहेको छ। कास्कीको पोखरा लेखनाथ महानगर र भक्तपुरको चाँगुनारायण नगरको मतगणना विवादका कारण अवरुद्ध छ।

पहिलो चरणमा सम्पन्न २८३ स्थानीय तहमध्ये २७३ स्थाको मत परिणाम आइसकेको छ। मत परिणाम अनुसार अग्रस्थानमा नेकपा एमाले छ। एमालेले ११७ स्थानमा विजयी हासिल गरेको छ। यस्तै, कांग्रेसले १०३ र माओवादी केन्द्रले ४६ स्थानमा जीत हासिल गरेको छ।

नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, र नयाँ शक्ति नेपालले एक÷एक स्थानमा विजयी भएका छन्। यस्तै स्वतन्त्रले तीन स्थानमा विजयी भएका छन्।

जिल्लागत रुपमा अव काठमाडौँमा महानगरसहित कागेश्वरी र मनोहरा नगरको मत परिणाम आउन बाँकी छ। यस्तै, भक्तपुरमा चाँगुनारायण नगरको मत परिणाम आउन बाँकी छ।

कास्कीको पोखरा लेखनाथ महानगरको मतगणना विवादका कारण अवरुद्ध छ। चितवनमा भरतपुर महानगरको मत परिणाम आइसकेको छैन। मकवानपुरको हेटौंडा उपमहानगरको मतगणना जारी छ।

ललितपुर महानगरको मतगणना जारी छ। गाउँपालिका अन्तर्गत अव कालिकोटको नरहरिनाथ र दोलखाको मेलुङको मत परिणाम आउन बाँकी छ। दुवै गाउँपालिकाका एक÷एक मतदान केन्द्रमा आइतबार निर्वाचन भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !