१२ असार २०८१, बुधबार

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा


प्रधानमन्त्री ओली

मंसीर २४, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार मंगलबार दिउँसो नै उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अपराह्न मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयू खाली गर्न लगाइएको थियो ।

मंगलबार अस्पताल पुगेका प्रधानमन्त्री ओलीका आईसीयूमै राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ । चिकित्सकका अनुसमार सम्भवतः मंगलबार नै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !