११ आश्विन २०८१, शुक्रबार

आफ्नै विद्यार्थीले कुटे त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख न्यौपानेलाई


९ मंसिर, काठमाडौं । सोमबार बिहान क्याम्पसभित्र त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीको हुलले कुटेका छन् । क्याम्पस प्रमुख क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै विद्यार्थीहरुले न्यौपानेमाथि हातपात गरेका हुन् । न्यौपानेमाथि हातपात गर्ने अनेरास्ववियू मनराज थापा र गोविन्द थपलियालाई प्रहरीले पक्राउ परेका छन् ।

विज्ञान संकायको शुल्क बढाएपछि नेविसंघ, अनेरास्ववियू लगायतका विद्यार्थी संगठन आन्दोलन गर्दै आएका थिए । प्रहरीका अनुसार न्यौपानेको वीर हस्पिटलमा उपचार भइरहेको छ । न्यौपानेको हातमा चोट लागेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !