११ आश्विन २०८१, शुक्रबार

काठमाडौँ महानगरः सडक मानवमुक्त महानगर घोषणा हुँदै


९ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिका ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा हुने भएको छ । महानगरपालिकाले २५ औँ महानगर दिवसको अवसर पारेर सो घोषणा गर्न लागिएको महानगरले जनाएको छ ।

काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौँको संयुक्त प्रयासबाट सहयोगापक्षी सडक मानवमुक्त महानगर घोषणा गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

महानगरको ३ मंसिरमा बसेको ३८ औँ नगर कार्यपालिकाको बैठकबाट यससम्बन्धी निर्णय गरेको जनाएको छ । महानगर र आश्रमको सहकार्यमा विगत दुई वर्षदेखि सडकमा रहेका वेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण,औषधोपचार तथा परिवारमा पुर्नमिलन गराउने कार्य हुँदै आएको छ । यो समाचार आजकोे राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !