१२ असार २०८१, बुधबार

बंगलादेशका राष्ट्रपति मंगलबार काठमाडौं आइपुग्ने, पोखरा पनि जाने


अब्दुल हमिद

२३ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार २६ गते नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद नेपाल भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रपति हमिद नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नेछिन् । यस्तै उनले राष्ट्रपति हमिदको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने बताइएको छ ।

नेपाल बसाईका क्रममा उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति हमिदले काठमाडौंँका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमणका साथै पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हमिद शुक्रबार स्वेदश फर्कने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !